प्युठान । हालै सप्पन्न भएको १२ औं रास्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका दुई जना बिद्यार्थीलाई नि:शुल्क पढाउने भएको छ ।
आज बसेको कार्यपालिका बैठकले खरा माबि रजवारामा कक्षा ७ मा अध्ययरत छात्रा अन्जुली मल्ल र अर्खा माबि अर्खामा कक्षा ९ मा अध्ययनरत कुल बहादुर सुनारलाई १२ कक्षासम्म नि:शुल्क पढाउने निर्णय गरेको प्रेस सल्लाहकार जोगेन्द्र मल्लले प्युठान समाचारलाई जानकारी दिनुभयो ।
११ वर्षीया मल्लले ३ हजार मिटर र १५ सय मिटर दौडमा प्रथम हुनुभएको थियो भने सुनारले ३ हजार मिटर दौडमा प्रथम हुनुभएको थियो ।