> समाज > किशाेरकिशाेरी लक्षित मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम


किशाेरकिशाेरी लक्षित मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम

अनुज पछाई
प्यूठान । प्यूठान बिकास सरोकार केन्द्रले प्यूठान जिल्लाका माबि तथा क्याम्पसहरुमा मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समयमा किशोरकिशोरीमा धेरै मानशिक समस्या देखेकाले उक्त समस्याको समाधान गर्ने उद्धेश्यको साथ सो कार्यक्रम बिद्यालय स्तरमा सञ्चालन गरिएको सस्थाका अध्यक्ष प्रनिर अधिकारीले बताउनुभयाे ।

 

बिद्यालय स्तरिय मानशिक स्वास्थ्य सम्बन्धित एक दिने कार्यक्रम मङगलबार प्यूठानको कालिका आबासीय अङग्रेजी माद्यमिक बिद्यालय बिजुवार र मुक्ति माध्यमिक बिद्यालय रातामाटामा सञ्चालन गरिएको छ ।

कार्यक्रममा सहभागी बिद्यार्थीलाई मानसिक रोगको परिचय , प्रकार , मानसिक रोगका लक्षण , मानसिक रोगी हुन सक्ने अबस्था लगायत समाधाको उपाएको बारेमा पनि प्रशिक्षण गरिएको प्यूठान बिकास सरोकार केन्द्र प्यूठानका उपाध्यक्ष यादब पण्डितले जानकारी दिनुभयाे ।

सस्थाले प्यूठान जिल्लाका १ क्याम्पस सहित ६ वटा माबिमा आतमहत्या रोकथाम सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ । कार्यक्रमको सहजिकरण मनोबिद शान्ति पण्डितले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *