> आर्थिक/बिकास > सडक निर्माण गर्दा दुवैतर्फ सूचना राख्नुपर्ने


सडक निर्माण गर्दा दुवैतर्फ सूचना राख्नुपर्ने

प्यूठान । सडक निर्माणको काम भैरहेको स्थलको दुवै तर्फ सोको जानकारी दिने सूचना बोर्ड वा संकेत चिन्ह अनिवार्य राख्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा भएको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।

 

निमार्ण कार्यका क्रममा हुन सक्ने जोखिम र दुर्घटना न्यूनिकरणका स्थानीयबासी तथा यात्रुहरुलाई पूर्व सूचना र जानकारी दिने प्रणाली तत्काल विकास गरी कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

 

जोखिमको पूर्वमुल्यांकन गरी एवं सडक यातायात अवरुद्ध नहुने गरी निर्माण सामाग्रीको व्यवस्थापन गर्ने, निर्माणका क्रममा निष्कने ढुङ्गा माटोको सुरक्षित व्यवस्थापन गर्ने समेत निर्णय भएको छ ।

 

मंगलबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको अध्यक्षतामा भएको बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विकास आयोजना संचालन गर्ने कार्यालय प्रमुख, स्थानीय तहका प्रतिनिधि, निर्माण व्यवसायी संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

निर्णयको पूर्ण पाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *