प्यूठान, २३ चैत्र ।
लक डाउनको अवस्थामा खाद्यान्न अभाव हुन सक्ने जोखिम भएकाले मदिरा उत्पादनलाई पूर्ण रुपमा बन्द गर्न गौमुखी गाउँपालिकाले अनुरोध गरेको छ । खाद्यान्न कुहाएर मदिरा उत्पादन गर्दा खाद्य संकट हुन सक्ने तर्फ गाउँपालिकाले सचेत गराएको हो ।
गाउँपालिकाले बैकल्पिक खाद्यान्न कोदो, मकैंको समुचित भण्डारण गरी खाद्य सुरक्षाको तयारी अवस्थामा रहन आग्रह गरेको छ । लक डाउनको अवधि बढ्न सक्ने भएकाले खाद्य संकट हुन नदिन गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको हो ।
कोरोना भाईरस (कोभिड १९)को विश्वव्यापी संक्रमणबाट जोगिन लागु गरिएको लक डाउन पूर्ण रुपमा पालना गर्न समेत गाउँपालिकाले आव्हान गरेको छ ।






