> राष्ट्रिय > निर्माण व्यवसायी किन आन्दोलित छन् ?


निर्माण व्यवसायी किन आन्दोलित छन् ?

प्यूठान । सरकारसँग विभिन्न माग राखेर अहिले निर्माण व्यवसायी आन्दोलित भएका छन् । चरणबद्ध आन्दोलनको घोषणा गरेको निर्माण व्यवसायी महासंघले मंगलबार प्रदेशमा मुख्यमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई माग पुरा गराउन अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन् ।

निर्माण व्यवसायी महासंघले निर्माण सम्पन्न भएका योजनाहरुको असार मसान्त सकिँदासम्म अर्बौ रकम भुक्तानी नभएको भन्दै भुक्तानीको माग राखेको छ । नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुन: आदेश जारी गर्नुपर्ने माग व्यवसायकिो छ ।

 

अत्यधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौल ग्रस्त र बजेट नभइ काम हुन नसक्ने एव काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कार्बाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको बृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुल्य अभिवृद्धि करको कट्टा गरेको रकम समयमा नियोक्ताले राजश्व खातामा दाखिला गरिनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने, कानुनमा संशोधन गरिनुपर्ने रहेका छन् ।

व्यवसायीले साउन १३ गतेसम्म माग पुरा नभए थप शसक्त कार्यक्रम गर्ने जनाएको छ । निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठ नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाउने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *