प्यूठान, ५ असोज । अत्यधिक रक्तश्रावका कारण प्यूठान अस्पताल विजुवारमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया सुत्केरी नेतृ सिंहको सुत्केरी भएपश्चात मृत्यु भएको प्यूठान अस्पतालले जनाएको छ ।
सोमबार विहान २ बजे सिंहले सामान्य रुपमा छोरा जन्माउनुभएको थियो ।
सुत्केरी भएपछि रक्तश्रावका कारण विहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इन्चार्ज नेहा थापाले बताउनुभयो । बच्चाको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।
रोल्पाबाट सुत्केरी हुनका लागि आईतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो ।
