> आर्थिक > नेपाल टेलिकमले रिचार्ज बराबर बोनस दिने


नेपाल टेलिकमले रिचार्ज बराबर बोनस दिने

काठमाण्डौ, १२ चैत ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रमण फैलनबाट रोक्ने गरी लकडाउन गरेपछि टेलिकमले ग्राहकको समस्यालाई मध्यनजर गरी यस्तो निर्णय गरेको हो ।
बुधबार राती १२ बजेपछि मात्र बोनस नियम लागु हुने टेलिकमले जनाएको छ । टेलिकमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्ज बराबरको बोनस ब्यालेन्स उपलब्ध गराउने निर्णय गरेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *