> आर्थिक > विजय फूलवारीद्धारा मृतक शेयर सदस्य परिवारलाई मृत्यु दावी भुक्तानी


विजय फूलवारीद्धारा मृतक शेयर सदस्य परिवारलाई मृत्यु दावी भुक्तानी

प्युठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले आफ्नाे शेयर सदस्यकाे परिवारलाई बिमा दावी बापतको रकम हस्तान्तरण गरेकाे छ ।

 

 

संस्थाका शेयर सदस्य प्यूठान नगरपालिका-१ दाखाक्वाडी निवासी हुकुमा धामीको जेठ ३१ गते मृत्यू भएपछि उहाँको श्रीमान हकवाला नरे धामीलाई सदस्य मृत्यु विमा दावी बापतको रकम साेमबार एक कार्यक्रमकाे आयाेजना गरी भुक्तानी गरिएको हो । मृतकको परिवारलाई बिमांक रकम ६० हजार र क्रिया खर्च रु ६ हजार गरी ६६ हजार प्रदान गरिएको छ ।

 

 

२०७९ भदौ २३ मा ६० हजार ऋण लैजाँदा हुकुमा धामीले विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थामा सिटिजन लाइफ इन्स्योरेन्सको बिमा प्रिमियम बापत ३ सय २४ रुपैया बुझाउनु भएकाे थियाे ।

 

 

संस्थाले बिगत ४ वर्ष देखी सिटिजन लाइफ इन्स्योरेन्ससंग सहकार्य गरी सदस्यहरुको ऋण बिमा कार्यक्रम सञ्चालन गरेको व्यवस्थापक प्रकाश वैद्यले बताउनु भयाे ।

 

संस्थाका अध्यक्ष नेत्रमणि आचार्यको अध्यक्षतामा रहेकाे कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स बिजुवार शाखा प्रमुख दिनेश कार्की, संस्थाका पूर्व अध्यक्ष लोक बहादुर बस्नेत, उपाध्यक्ष राधा पुलामी, कोषाध्यक्ष किरण के‍‍‍ सी, व्यवस्थापक प्रकाश बैद्य, संस्थाका कर्मचारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *