> आर्थिक > नयाँ शहरमा बाल उद्यान बन्दै भिडियो सहित


नयाँ शहरमा बाल उद्यान बन्दै भिडियो सहित

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २१ माघ ।
स्वर्गद्वारी नगरपालिका–३ स्थित भिंगृमा बाल उद्यान निर्माणको काम धमाधम भइरहेको छ । आउँदो असारमा काम सम्पन्न गर्ने गरि निर्माण कार्य भइरहेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङ अन्र्तगत निर्माण कार्य भएको हो ।
नयाँ शहर आयोजना अन्र्तगत बाल उद्यान निर्माण थालिएको हो । भ्याट र कन्टेन्जेन्सी बाहेक चार करोड ८८ लाख ८९ हजार ३३८ रुपियाँको लागतमा बाल उद्यान निर्माण हुन लागेको आयोजना प्रमुख महेश बहादुर सिंहले जानकारी दिनुभयो । एसीयाटिक÷¥याप जेभी रोल्पाले भवन निर्माणको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
बाल उद्यानमा टिकट काउन्टर, बाटो, दुबो लगायतका विरुवा लगाउने कार्य हुँदैछ । बाउन्ड्री निर्माण लगायतका भवनका संरचना, सिँढी, रेलिङ बनेका छन् । एक वर्ष अघि निर्माण कार्य शुरु भएको हो । निर्माण सकिएपछि नगरपालिकालाई हस्तान्तरण गर्ने आयोजना प्रमुख सिंहले जानकारी दिनुभयो ।
नयाँ शहर आयोजना अन्र्तगत निर्माण भइरहेको बाल उद्यानले भिंगृलाई थप सुन्दर बनाउने छ । केन्द्रको योजना अन्र्तगत निर्माण काम भइरहेकाले बनिसकेपछि नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने आयोजनाले जनाएको छ ।
बाल उद्यान निर्माणले पर्यटन प्रर्वद्धनमा समेत सघाउने अपेक्षा गरिएको छ । स्वर्गद्वारीको आधार शिविरमा बन्न लागेको बाल उद्यान पर्यटक तान्ने अर्को गन्तव्य बन्ने स्थानीयको अपेक्षा छ । स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष हिरामणी भण्डारीले बाल उद्यानले पालिकालाई थप सुन्दर र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *