गजल !

सुरेश कुमार पाण्डे

राणाहरुले भन्थे सबैलाई यस्तो अबगत हुनुपर्छ,
बिद्रोहीको शुक्रराज शास्त्री जस्तै हालत हुनुपर्छ ।

सिकाउ शासन चलाउन हाम्रो जस्तै अरुहरुलाई,
धर्म भक्तलाई नि मृत्युदण्ड सत प्रतिशत हुनुपर्छ।

जो जस्ले न्याययुद्ध चलाउन खोजे यही देशभित्र
गंगालाल अनि दशरथ चन्द जस्तै याबत हुनुपर्छ।

यादगर जनता हो माघ ९,११ र १४ गते १९९७,
शहिदहरुको जस्तो ज्यान समेत जफत हुनुपर्छ।

भएका थिए जिउँदै पनि शहिद टंकप्रसाद जस्तो,
नियम कानून त त्यही राणाको झैँ सखत हुनुपर्छ ।

धिकार छ यो गणतन्त्रको नाउँमा लाठिचार्च गर्नु,
अब राणाले जस्तै मार्ने कामनै भटाभट हुनुपर्छ।

बाहुँन भएपछि ज्युँदै पनि शहिद र प्रधानमन्त्री,
यस्तो ब्यबहारले त्यो बेला मुटु फत फत हुनुपर्छ।