साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे 

गरिब लाई मेला पर्वको आभाश भैन,
दंसै तिहार नि परदेशिलाई खास भैन।

सदियौँ आर्काकै काममा ब्यास्त हामी,
मेला पर्वको ता कहिले अबकाश भैन।

छैन तलब सक्या सम्म काम गर्दा यँहा,
साहुको बोली बचनमा नि मिठाश भैन।

परदेशमा जिन्दगी भरी पसिना बगायौँ,
भर पेट खाना अनि शुन्दर निवाश भैन।

कहाँछ गरिब मज्दुर लाई सुःख शान्ती,
कामगर्दा नि भागमा खुसीको रास भैन।

को सँग यो परि र मर्का साटा साट गरौँ,
यँहा कोई हमदर्द कोई साथी पास भैन।

Related Articles

Back to top button