प्यूठान । जिल्लाको माडी क्षेत्रबाट काठमाण्डौका लागि यातायात सेवा संचालनमा आएको छ । पर्यटकीय क्षेत्र स्वर्गद्वारीलाई लक्षित गरि किमिचौर-भिंग्री-चकचके हुँदै ईभी एसि हाइस संचालनमा आएको हो ।
लामो समयदेखि रोकिएको यस रुटलाई पुन संचालनमा ल्याइएको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो । ईभी सवारी भएकाले नियमित रुपमा सेवा संचालनमा आउने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
माडी क्षेत्र, छिमेकी जिल्ला रोल्पाका स्थानीय सहित स्वर्गद्वारी आउने पर्यटकहरुलाई दिवा सेवाले सहज हुने स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले बताउनुभयो ।
प्रालिले सदरमुकाम खलंगाबाट चितवन नारायगढका लागि समेत हाइस संचालनमा ल्याएको छ ।






