प्युठान । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको छ । नेकपा एमाले प्युठानले आज बिबिध कार्यक्रम गरेर दिवस मनाएको हो ।
एमालेले जिल्ला पार्टी कार्यालय परिसर सरसफाइ, प्युठान अस्पताल परिसर सरसफाइ तथा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण र पार्टी कार्यालयमा शुभकामना आदानप्रदान तथा पार्टी प्रबेश कार्यक्रम गरेको छ ।
पार्टी अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रम मा लुम्बिनी प्रदेशका मन्त्री तुल्सिराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एकीकृत समाजबादीका जिल्ला उप सचिब भिमकान्त पोख्रेल लगायत एमालेमा प्रवेश गरेको एमाले प्युठानले जनाएको छ ।