> राष्ट्रिय > प्युठानमा भरुवा बन्दुक सहित पक्राउ


प्युठानमा भरुवा बन्दुक सहित पक्राउ

प्युठान । प्युठानमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । शसस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेश प्युठानको टोलीले भरुवा बन्दुक सहित मल्लरानी गाउँपालिका-४ निवासी राजेश नेपालीलाई पक्राउ गरेको हो ।

 

आज दिउँसो ‘सरप्राइज चेकजाँच’ गर्दा ५५ वर्षीय नेपालीको घरबाट बन्दुक फेला परेको सहायक प्रहरी नायव उपरीक्षक नविन बुढाथोकीले जानकारी दिनुभयो ।

नेपालीलाई नियन्त्रणमा लिएर प्रहरी प्रशासनको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *