महेश थापा
प्यूठान, ११ असोज । लुप्लुङमा चुनढुंगा बोक्ने टिप्परको ठक्करबाट एक सडक मजदुरको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका ८ लुप्लुंग निवासी ३७ वर्षिय यामबहादुर दमाईको मृत्यु भएको हो ।
ईट्टा लिएर लुप्लुंग तर्फ जाँदै गर्दा आईतबार साँझ अधेरीखोला नजिकै टिप्परले ठक्कर दिएको हो ।
घाईते यामबहादुरको उपचारका लागि भैरहवा लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
उनी बाग्दुला बाहाने सडक खण्डमा सडक विभाग अन्तरगत काम गर्ने मजदुर हुन् ।
उनको श्रीमति र ६ जना छोराछोरी छन् ।
टिप्पर चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई बुझाएको इलाका प्रहरी कार्यालय बाहानेले जनाएका छन् ।
