> साहित्य सृजना > लघुकथाः बाबा !


लघुकथाः बाबा !

  • सुरेशकुमार पाण्डे

बाल मजदुर बनेर परदेश आएको बुढाले आफ्ना बाल बच्चालाई आफुजस्तै कु पोषणको सिकार नबनुन्, अनपढ र अशिक्षित नरहुँन भन्ने सोँच्थ्यो । आफुले बालखकाल देखि मजदुर भएर खाएको हण्डर आफ्ना बालबच्चाले खान नपरोस भन्थ्यो । उसलाई आफ्नो चिन्ता होईन भर्खर फुलमतीको कोखमा जमेको भ्रुणको चिन्ता थियो ।

दिनैभरी घन, गैटी र फरुवा चलाएर थाकेको शरीर पसिना गनाउँदै आएर भर्खर भित्ताको अडेस लागेर बस्छ । अनि एउटा चुरोट सल्काएर लामोलामो कस तान्छ । सायद थकाई मेट्ने उदेश्यले होला । मुख भरीको धुँवालाई बिस्तारै छोड्छ ! बा बा मलाई पनि एउटा चुरोट दिनुस न ! त्यही धुँवाबाट प्रकट भएर फुलमतिको कोखमा भएको शिशुले भनेको जस्तै महेशुष गर्छ ।उसको कानमा बच्चा बोलेको जस्तै लाग्छ ! होईन बाबु यो पिउने चिज होईन ! उस्ले जवाफ दिन्छ । पिउँने चिज होईन फेरी हजूरले किन पिउँदै हुँनुहुन्छ त ?

यो प्रश्न कानमा पर्नासाथ उ झस्किन्छ । यसको उत्तर त केबल धुम्रपानको अन्त्य थियो । आखिर भोली जन्मिने त्यो बच्चाले यस्तै प्रश्न मसँग सोध्यो भने ! छि…छि… कहि त्यो बच्चाले सिगरेट मागि हाल्यो भने कसरी सम्झाउँला ? मैले अब यो बिढी र सिग्रेट छाड्नै पर्छ ढिलो नगरी ! मनैमनमा भन्छ । यति बेर उसले त्यो फुलमतीको कोखमा रहेको बच्चाको काल्पनिक कुरालाई लिएर आफु र अन्तरआत्मासँग डिसकस गर्दै थियो । छोड बिडी ! अन्तरआत्माले भन्छ । उस्ले छाडिदिन्छ ! सिग्रेट छाड्नलाई उसले आफ्नो अतितसँग ठुलो संघर्ष गर्नु पर्छ । बुढाले एक पटक फ्याँके पछि त्यो फेरी उठाउँदैन । आखिर त्यो अहिले बुढामात्रै एक्लो थिएन फुलमती थि निकट भबिष्यमा नयाँ पाहुँना आउँदै थियो । आफ्नो बच्चाको लागि सबैले केहि न केही सपना देखेकै हुँन्छन । बुढाले उसको भबिष्यको लागि आफ्नो मयल सफा गर्दै थियो ।

फुलमती आजको यो पुँजी प्रधान समाजसँग मैले प्रतिस्पर्धा गरेर आफ्नो बच्चाको लागि सुख हासिल गर्न सक्दैन । मैले उनिहरुको लागि यति शिक्षा र सुबिधा दिन सकुला जति भोलीको समाजमा बाँच्नका लागि आबस्यकता हुन्छ होला ! आजको जमाना हिँजोको जस्तो छैन र भोली आजको जस्तै रहि रहनेपनि छैन । हिँजो मेरा बाले मलाई हलो जोत्न र ईमान्दार बन्न सिकाउँनु भयो । त्यो शिक्षा मैले दिएर मेरो जिम्मेवारी पुराहुँने छैन । हिँजो बारीको पाटो थियो तर आज घर बनाउँने ठाउँ छैन ! भन्दै फुलमतिलाई भन्छ ।

होनी त्यो हिँजोको बिचारले आज र आजको बिचारले भोली पुग्दैन ! फुलमतीले बुढाको साथ समर्थन गर्छे । आफु यति बेला बन्द कोठामा भएपनि उसको बिचार कल्पनामा संसार डुल्दै थियो । आमाले नौ महिनासम्म कोखमा राख्छन, उनले जसरी तसरी त्यो कोखमा भएको बच्चालाई प्रत्येक रोग संकटबाट जोगाएर समाजमा ल्याउँछिन । त्यो बेलासम्म उनले कसरी जोगाईन त्यो मलाई थाहा भएन । तर अब उ प्रत्यक्ष मेरो सामुन्य आई सकेपछि उसको रेखदेख गर्ने जिम्मा मेरो पनि त हुँन्छ । जब आफ्नो काँधमा जिम्मा आउँछ सरोकार पनि त बढेर जान्छ ! उस्ले आत्मा सँग कुरा गर्छ ।

मजदुर भएपनि आफ्ना छोरा छोरीको भबिष्यको चिन्ता त उत्ति हुँन्छ जति एउटा बाउलाई हुँन्छ त्यो धनी होस वा गरीव । आफ्ना मनमा उठेका ति कल्पनाका ज्वाहारभाटाहरु बाट प्रभाबित हुँदै आफु भित्र रहेका कैयौं खराब बानी बिचारहरुलाई पखाल्ने सक्दो प्रयास गर्छ । बच्चाहरुलाई धनीका बाउ आमाले जस्तै नसकेपनि सक्दो शिक्षा दिलाउँन बुढाले पनि प्रयत्न गर्छ । डाक्टर र ईञ्जिनियर बनाउँने वकिल बनाउँने सपना देखेको हुँन्छ । त्यसका लागि उसले निमेक गर्छ मजदुरी गर्छ रिक्सा चलाउँछ । साथै आफुमा समाजले पोखेका कैयौं कुसँस्कार र मयलहरुलाई सफा गरेर एउटा शुद्ध बाबा बनाएर देखाउँन प्रयत्नशिल छ । समय बित्दै जान्छ, छोरा छोरी जन्मिन्छन हुर्किन्छन, उनिहरुलाई वास्तबमा बुढाले झैँ दुःख देख्नु पर्दैन । बुढी समय भन्दा पहिले बित्छे, बुढा भने चिबित त छ तर आफुले जन्माएका हुर्काएका छोरा छोरी आज आफ्ना जस्ता लाग्दैनन ।

बुढीको अभाब र छोरा छोरीको हेलारी भएको चिन्ताले उ आज डिप्रेशनको सिकार भयको छ । तरपनि बाँचेकै छ, कालको पर्खाइमा । कसैले दया गरेर दिए खान्छ न दिए भोक भोकै बस्छ । त्यो गाउँ गाउँमा डुल्ने एउटा मानसिक रोगी । उस्ले पुरानो फाटेको त्यो कम्बल लाई घर बनाएको छ । ‘जँहा पर्यो रात त्यँही छ उसको बसेरा । जब निद्रा खुल्छ तब हुँन्छ सबेरा ।’ यहि गित गुनगुनाउँदै हिँडेको थियो । यता कुसे औशीमा छोराछोरीहरुले बाबाको फोटा अपलोड गर्दै थिए उता बाबाको लाश चौरमा वेबारीसे थियो । उसका सपनाहरु मलामे बनेर चारै तिर बाट घेरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *