> साहित्य सृजना > लघुकथाः अपमान !


लघुकथाः अपमान !

सुरेशकुमार पाण्डे

अब मर्ने त मरिहाले बाँचेकाहरुले केहि न केही गरेर देखाउँनु पर्छ ! भन्दै अजयले एउटा कागजमा नकस्सा जस्तो बनाउँदै थियो । त्यो देखेर भिम सिहँले कुनै नयाँ ऐजेण्डा तैयार गर्न थालेको जस्तो लाग्यो र गम्भिर हुँदै कम्रेड यो के बनाउँन थाल्नु भयो ? क्रान्तिको रुप रेखा खिचेको जस्तोछ नी ? भन्छ । हो हजूर ! अलि बेर सोचे जस्तो गरेर अजयले जवाफ दिन्छ । यो त्यस्तो क्रान्ति हो जो वास्तबमा आमूल परिवर्तन गर्न सक्छ । आफ्नो सारा जिवन लगाएर क्रान्ति गर्न सकिएन अब छिट्टै क्रान्ति गरेर देखाउँछु आफ्नो ब्याक्तिगत क्रान्ति यानि कि पुँजीको बिकाश ! भन्दै कुटिल मुस्कान छाड्छ ।

भिम सिहँले अजय तिर उस्को त्यो मुहारतिर गम्भिर भयर हेर्दै थियो । आखिर के गर्न खोज्दैछ अजयले उस्को दिमाख बाट टाडाको कुरा । भिम सिहँ आजिबन क्रान्तिको पक्षमा हिँडेको ब्याक्ति तर अहिले अजयको त्यो योजना लाई सम्झिन नसक्दा आश्चार्या भयकोछ । साँचै अजयले के भन्न खोजेको हो के उस्ले बाटो बदलियो त ! अँह त्यस्तो हुँनै सक्दैन ! आफैसँग प्रश्न र आफैले उत्तर दिन्छ । क्रान्तिको लागि जस्ले साराजिवन लगायो पुरा परिवार हिँडायेर आफ्नो छोरा समेत गुमायो हजारौँ-हजार सहिद भए आज बाटो बदल्दा ति शहिदहरुको अपमान हुँदैनर ? उस्को मनमा कयौँ यस्तै प्रश्नहरु आउँने र हराउँने गरिरहे उसलाई रात भरी निन्द्रा लागेन ।

भिम सिहँ आफैले पनि ता क्रान्तिकै लागी साराजिवन खर्चेको थियो तर अजयले त आफ्नो सम्पत्ति मात्रै होईन जन आन्दोलनमा आफ्नो होनहार छोरा समेत गुमाएको हो । रातै भरी यस्तै खयालहरुले भिम सिहँलाई सताई रहे!छि-छि. मान्छेको मनमा कस्ता कस्ता खयाल आउँछन । सोच्नै नसक्ने बिचार ले मस्तिकमा घरगरेर बसेकोछ । उठेर पानी पिउँछ अनि लाईट बाल्छ घडिमा बिहानको चार बजेको थियो । टेबुलमा कयौँ किताबहरु थिए कहिले कुन कहिले कुन उठाउँछ तर पढ्ने जाँगर कत्ति लाग्दैन । एकछिन मार्क्सको पुँजी उठाएर पढ्न थाल्छ ।

बाहिर मसिनो बतास चलेको थियो जस्ले खिड्किको पर्दालाई हिलाई रहेको थियो । घरी अजयको त्यो नक्सा जसलाई उस्ले पुँजीको क्रान्ति भन्दै थियो । उस्को आँखाको ओरी परि झल-झली देखिन्छ । कहिलेका दिनहरु आश्चार्याजनक हुन्छन अकल्पनिय हुन्छन । केही दिनपहिले अजयले पुँजिवादी ब्यबस्थाको बिरुद्धामा कति शान्द्रभिक कलास चलाएको थियो । भिम सिहँलाई अजयको बारेमा कुनै सङ्का छैन तरपनि हिँजोको अजयको त्यो नक्साले भिम सिहँलाई केहि सोच्न बाध्य बनाएको थियो । सबैले एक आर्कालाई दोश दिन्छन र कयौँ भिन्दा भिन्दै बाटाहरु छोपेका छन । अनि सबैले आफ्नै गरुको बाह्र टक्का भने जस्तै आफुले छोपेको बाटो लाई क्रान्तिकिरी बाटो भन्छन । अरुले के बुझ्ने पद प्रतिष्ठाको खेल वा क्रान्तिकिरी भेल ? भिम सिहँ जस्ताले के गर्ने ? छि.भन्दै किताबलाई फेरी टेबुलमा उल्टै राख्छ ।

समय बित्दै जान्छ अजय ले प्लाटिङ्गको खेलमा पौडि खेल्दै खेल्दै धेरै पर पुगेको सकेको थियो उस्लाई वास्तबिक क्रान्ति त्यही देखिन्थ्यो । तर भिम लाई अहिले उ क्रान्तिको एक नम्बरको दुश्मन, शहिदको रगत को अपमान र क्रान्तिकिरी नैतिक्ता सँग गरेको महान गद्धारी ! आज अजय सँग पद प्रतिष्ठा थियो धन सम्पत्ति थियो तर क्रान्तिकारी बिचार थिएन बर्ग शंघर्षको त्यो सिद्धान्त गुमाएको थियो । हिँजो जुनु बर्गको लागि लडेको थियो ति गरीबहरुको शोषण तर पनि उस्ले आफैलाई अब्बल दर्जाको कम्युनिष्ट भन्थ्यो । यति बेला उ राजधानीको लागि लड्दै थियो भूमाफिया सँग मिलेर कयौँ भूमिहिन मज्दुर किसानले उसैको आन्दोलनको समर्थनमा सडकमा टायर बाल्दै थिए ।

भिम सिहँले आचार्य हुँदै भन्छ आखिर यसबाट के त्यो लाहुरे लाई फाईदा छ जो बिदेशमा मज्दुरी गर्छन ? त्यो कुल्लि कर्मि र किसानलाई फाईदा छ जो सँग जमिनको एउटा टुक्रा पनि छैन ? त्यो जात जाति लाई फाईदाछ जस्ले समाजिक अपमान झेल्दैछ ? ति महिलाहरु लाई फाईदाछ जो दिनौ पुरुषको हात खेलौना र बलतकार भयका छन ? वा उनिरुको सबैका माग र समस्याहरुको उपहास भयको छ क्रान्तिकारी आन्दोलन मजाक बनेको छ अपमान भयको छ । यस्तै यवत प्रश्नहरु तेर्छिएका छन । सडकमा राजधानीको लागि टायर जस्ले बालेपनि फाईदा न त देशको छ न देशका जनताको मात्र मुट्ठीभर भू माफियाको लागि आपसमा लडेका छन ! क्रान्तिको नाउमा देश टुक्रा टुक्रा पार्दै बिला लगाएर आज जगेडाको लागि लड्दैछन ! भन्दै भिम सिहँ आफ्नो गन्तब्य तर्फ लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *