प्यूठान । जिल्लाको दुर्गम क्षेत्र स्याउलिवाङ जाने सडक सहज बन्न थालेको छ । सडक पुर्वाधार कार्यालय प्यूठान मार्फत सडक स्तरोन्नतिका भैरहेको छ ।
बाग्दुला-दम्ती-बाहाने-खवाङ-स्याउलिवाङ नौबहिनी पर्यटन सडकको बाहाने-स्याउलिवाङ खण्ड स्तरोन्नतिको काम भैरहेको कार्यालयले जनाएको छ । यस सडक खण्डको ८२ प्रतिशत भौतिक प्रगति भएको साइट इन्चार्ज ऋषिराज केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँ माटो काट्ने, ह्युम पाइप राख्ने, नाली बनाउने, आरसीसी ढलान गर्ने र ग्राभेल गर्ने काम भैरहेको छ । २१ किलोमिटर ४ सय मिटर सडक स्तरोन्नतीको काम निर्माण कम्पनी कंकाई, केआईबि, जानकी जेभी झापाले गरिरहेको छ ।
२०८३ असार २८ गते भित्र निर्माण सम्पन्न गर्ने गरि २२ करोड ३ लाख ९ हजार ४ रुपैंया ४९ पैसा लागतमा सम्झौता भएको कार्यालयले जनाएको छ । २०८१ बैशाख ९ गते निर्माण सम्झौता भएको हो ।




