> साहित्य सृजना > मेरो प्युठान


मेरो प्युठान

संघर्ष पोख्रेल

 

पियूष स्थान,
मेरो प्युठान
अमृत स्थान,
जङ्गी अड्डाको स्थान
गर्व लाग्दो स्थान
उही प्युठान ।

 

पवित्र क्षेत्र रहेको ठाउँ
भित्रिकोट दरबारको उच्च नाउँ
गर्थे लडाइँ, नचाई ततरबार
गोर्खाली जागेर बनेको नेपाल
व्युठान पनि सिङ्गो नेपाल ।

 

मेरो प्युठान
पुण्यभूमि,
वर्गद्वारीको जन्मभूमि
त्रिकाल दर्शी महापुरुषको भूमि
प्रभुको फूलबारी .
गर्थे तपस्या ऋषिमुनि
शान्ति छर्दैछ, अखण्ड धुनी
झिम्रुक माडी, खोला हजार
कलकल छङछङ, छाँगा छहरा
के छैन
अनेक छन् प्राकृतिक सान
अनेक छन् देवदेवी थान
मेरो प्यारो प्युठान ।

 

फुल्दछन् गुराँस
पाखा पाखामा नेपाल सजाएर
मृग, बँदेल डुल्छन् वन्य सान बनेर
नाँच्दछन् मयूर पिउठान उठाएर ..
वग्छिन् झिम्रुक, लिएर आँट
सजाउँदै वनाउँदै, सुनौला फाँट ।

 

गौमुखी ऐरावती, जलले नुहाई
पखाल्छन् पाप, दिँदै दुहाइ
कोठी सिँदुरे कुटी नारीकोट
चिनाइरहेछन् प्युठान
चिनाइरहेछन् देश ।

प्युठान तिमी नै हौ महान्

र त हुन्छन् घरघरै
पूजाआजा कीर्तन महान्
घाटु, सोरठी नाचिन्छन्
गर्रा र सुराइ बजाइन्छन्
संस्कृतिका धरोहर उठाइन्छन् ।

 

छन् कुलैपिच्छे
देवाली संस्कृति
सदियौँदेखि बाँचेका छन्
घाटु संस्कृति
तिम्रा काखमा कतै छैन विकृति
प्युठान मेरी जन्मभूमि
प्युठान मेरी जननी ।

 

ड्रिम १०० ले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा ;+3if{ kf]v|]nले लेखेकाे कविता दाेस्राे भएको हाे । पाेख्रेल जनता मा‍ध्यमिक विद्यालय ऐरावती ६ बिजुलीमा कक्षाा ६ मा अध्ययनरत हुनुहुन्छ । ड्रिम १०० ले असहाय बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *