> साहित्य सृजना > निष्ठुरी माया – मुक्तक


निष्ठुरी माया – मुक्तक

भुमा घर्ती मगर
प्यूठान नगरपालिका–५ जुम्रीकाढा
विद्यार्थी

तिमीसँग सम्बन्ध थिएन भनि ढाट्न सक्ने भए,
तिमीले जस्तै अरुसँग मनमुटु साट्न सक्ने भए ।
अरे ! तिमीसँग हात जोडी बिन्ती मैले किन गर्थे र,
तिमी विना पनि एक्लो जिवन काट्न सक्ने भए ।

घृणा गर्दिन तिमीलाई म कहिल्यै धोका दियो भनेर,
सराप दिदैन तिम्रो प्रेमिकालाई मेरो ठाउँ लियो भनेर ।
एक दिन त कसो याद न आउला र निष्ठुरी तिमीलाई,
सम्झिदिनु धेरै माया गर्ने एउटा पागल्नी थियो भनेर ।

सुन तिमीलाई भुल्न जरुरी थियो सजिलो थिएन,
तिमीलाई आफ्नो बनाउनलाई मेरो भाग्यले दिएन ।
अरे ! तिम्रो जस्तो निष्ठुरी मन त कहाँ छ र मेरो,
तिमी जस्तै पराई जस्तै पराईसँग रमाउने मैले निर्णय लिए ।

साच्ची तिमी बसेको मुटुलाई फेरवदल गर्न पाए हुन्थ्यो,
तिम्रो यादहरु भएको ठाउँबाट वसाई सर्न पाए हुन्थ्यो ।
कहिलेसम्म बाच्नु म तिम्रो सम्झनामा पल पल मरेर,
यसरी बाच्नु भन्दा त बरु एकै पटक मर्न पाए हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *