प्यूठान । शैक्षिक सत्र २०८३ का लागि जिल्लाका सामुदायिक विद्यालयहरुले आजदेखि भर्ना अभियान सुरु गरेका छ्न ।
राष्ट्रिय अभियानका रुपमा भर्ना अभियान तथा घरदैलो कार्यक्रम संचालन गरिएको गौमुखी माध्यमिक विद्यालय ठूलाबेशीका सहायक प्रधानाध्यापक जायश्वर जैसीले बताउनुभयो ।
शैक्षिक सत्र २०८३ का लागि प्रयाप्त पाठ्यपुस्तक जिल्लामा आइसकेको नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।
बैशाख २१ गतेदेखि नियमित कक्षा संचालन हुनेछ ।





