प्यूठान, ५ साउन । माडी नदिमा बगेर बेपत्ता भएका सरुमारानी गाउँपालिका वडा नम्वर ४ का दुई बालिका अझै भेटिएका छैनन् ।
सरुमारानी गाउँपालिका वडा नम्वर ४ स्थित बैके र मान्द्रेका दुई बालिका हिजो सोमबार माडी नदिमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ८ वर्षीया विपना थापामगर र सर्मिला थापामगर बाख्रा चराउने गएका बेला नदीमा पौडी खेल्दा बगेको स्थानीयले बताएका छन् ।
उनीहरुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।





