प्यूठान । शुरुवात देखि नै अग्रता कायम रहेको एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ । झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो ।
अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ । दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ मतान्तर रहेको छ । यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिदा सम्म ४ हजार ६७६ मतान्तर रहेको थियो ।
अहिलेसम्म सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका, ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकाको मतगणना सकिएको छ । अहिले मल्लरानी गाउँपालिकाको मत गणना चलिरहेको छ ।
