> समाज > प्यूठानमा बुवाको हत्या गरेको शंकामा छोरा प्रहरी नियन्त्रणमा


प्यूठानमा बुवाको हत्या गरेको शंकामा छोरा प्रहरी नियन्त्रणमा

प्यूठान । बुवाको हत्या गरेको शंकामा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । नौबहिनी गाउँपालिका वडा नं. ४ खवाङमा ८३ वर्षीय जंग बहादुर सुनार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ ।

 

मृतकका छोरा ३० वर्षीय तुल बहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *