> राष्ट्रिय > फागुन ८ गते शान्ति श्री परियार र रचना रिमाल आउदै


फागुन ८ गते शान्ति श्री परियार र रचना रिमाल आउदै

प्युठान । फागुन ८ गते चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार र गायिका रचना रिमाल प्युठान महोत्सवमा आउनुहुने भएको छ ।

बोल माया, गलबन्दी च्यातियो लगायतका चर्चित गीत गाउनुभएका गायिका परियारलाई महोत्सवमा आउन लागेको सचिवालयले जनाएको छ ।

त्यसैगरी फोटो फिरिममा गीत गाएर चर्चामा रहनुभएकी गायिका रचना रिमालले पनि ८ गते प्रस्तुति राख्ने तय भएको छ । साथमा दिपु पुन मगर, बिनोद परियार, राजेश भण्डारी लगायत कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रममा प्युठान डान्स आइडलका टप १७ डान्सरको प्रस्तुति र लोक तथा दोहोरी गित प्रतियोगिता समेत संचालन हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *