प्यूठान । नेपालमा थप ३२३ जना कोरोना संक्रमीत भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा नया ३२३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ ।
यस्तै थप ३२ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् यससँगै नेपालको कोरोना मुक्त हुनेको संख्या ३६५ पुगेको छ । जसमध्ये २९९ पुरुष र ६६ महिला रहेका छन् ।
यसैगरी केहि दिन अघि मृत्यु भएका डोल्पाका ५८ वर्षिय पुरुष र धनगढिका ५५ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
