> समाज > प्यूठानका कोराेना संक्रमित पुरुषको मृत्यु


प्यूठानका कोराेना संक्रमित पुरुषको मृत्यु

प्यूठान, १८ भाद्र । कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो ।

कलेजोको विरामी भएकाले उपचारका लागि भदौ १० गते उपचारका लागि बुटवल लगिएको थियो । सिरियस विरामी भएकाले उहाँको गौतमबुद्ध अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो ।

उपचारको क्रममा भदौ १५ गते स्वाव संकलन गरिएको र त्यसको नतिजा १६ गते पोजेटिभ देखिएको आफन्तलाई उद्धृत गर्दै स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य संयोजक दलबहादुर केसीले बताउनुभयो ।

यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *