प्यूठान । जिल्लामा क्रियाशिल तीन जना पत्रकार प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानमा सामेल भएका छन् । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य सलिम मिया अन्सारी, प्रेस मञ्च नेपालका जिल्ला अध्यक्ष राम बहादुर विश्वकर्मा र जिल्ला सदस्य सिता विश्वकर्मा प्रेस चौतारी नेपालमा आवद्ध हुनुभएको हो ।
तीनै जना पत्रकारलाई नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा लगायत नेताले स्वागत गर्नुभएको छ । स्वागत कार्यक्रममा नेता थापाले आफूले तीन दशक पत्रकारिता क्षेत्रमा क्रियाशिल भएको अनुभव सुनाउँदै जिल्लाको पहिचानलाई बढाउने गरि पत्रकारिता गर्न सुझाव दिनुभयो ।