प्यूठान । झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले पालिका भित्रका बेसाहारा परिवारलाइ सहयाेग गर्नुभएकाे छ ।
पाेख्रेलले ओखरकाेट निवासी डण्ड बहादुर जिसीकाे परिवारलाइ खाद्य सामाग्री सहयाेग गर्नुभएकाे हाे । जिसीकाे ५९ वर्षाकाे उमेरमा मृत्यु भएपछि सहाराविहिन भएका परिवारलाइ चामल, तेल, नुन लगायतकाे सामान उपलब्ध गराउनुभएकाे हाे ।
२०६३ सालमा रुखबाट लडेर मेरुदण्ड काे राेगि बनेका जिसिकाे गरिविका कारण उपचार गर्ने पैसा नहुदा १६ बर्ष बिस्तारामा परेर ज्यान गुमाउनु परेकाे उहाँकाे श्रीमति शान्ता जिसिले बताउनुभयाे ।
त्यस्तै झिमरुक गाउपालिका ८ गब्दि निवासि टुका कुमारी थापालाई उपचार गर्न घरमा भएकाे बाख्रा १० हजारमा बेचेर र अन्य सहयाेग तथा ऋण सापट गरि करिब ३० हजार जम्मा पारि जिल्ला अस्पतालमा उपचार गर्न लगियाे । निकाे नभएपछि जेठाे छाेरा याम बहादुर थापाले भारत लैजादै गर्दा निधन भयाे ।
गरिविका कारण समयमै उपचार नपाएर अामाकाे मृत्युु भएकाे माइलाे छाेरा रेकम थापाले बताउनुभयाे । शाेकमा परेका दुवै परिवारलाई १३ दिनसम्मको लागि राशन र १३ अाै दिनकाे लागि चाहिने खाद्न्न समेत सहयाेग गरेकाे पाेख्रेलले बताउनुभयाे ।
तिहारमा फजुल खर्च गर्नु भन्दा बिपन्न,गरिबी तथा शाेकमा डुबेका परिवारलाई सहयाेग गर्नु नै ठुलाे धर्म भएकाे पाेख्रेल बताउनुहुन्छ ।