> राष्ट्रिय > नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण


नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण

प्यूठान । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङ मार्फत पछिल्लो २४ घण्टामा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ जसमध्ये २९० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

यसैगरी गत जेठ २० गते मृत्यु भएका पाल्पाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!