> समाज > ‘प्रहरी समुदाय संवाद’ कार्यक्रम सम्पन्न


‘प्रहरी समुदाय संवाद’ कार्यक्रम सम्पन्न

प्यूठान, ३० माघ । प्यूठानमा नगरपालिका-२ अड्डापाटामा ‘प्रहरी समुदाय संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका न्यायिक समिति र प्रहरी विट क्वाडिको आयोजना तथा माहुरी होम सहज परियोजनाको सहजीकरणमा शुक्रबार प्यूठान नगरपालिका-२ अड्डापाटामा सेवा प्रदायक र समुदाय बीच समुदाय संवाद कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा वडा, न्यायिक समिति र प्रहरीबाट प्रदान गरिने सेवामा अन्तरक्रियात्मक संवाद भएको सहज परियोजनाका यकराज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा सेवा प्रदायक निकायबाट सेवा प्रवाह उचित रुपमा सहज हुन नसकेको कुरा सहभागिले व्यक्त गरेका थिए । साथै सम्पुर्ण सेवासुविधा प्रदान गर्दा न्यायोचित ढङ्गबाट गर्न आग्रहसमेत गरिएको थियो ।

 

उठेका प्रश्नको जवाफ दिदै वडा अध्यक्ष मुक्ति पोख्रेलले कुनै पनि काम प्रक्रिया पुरा गरेर आएमा बढिमा आधा घण्टामा पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । न्यायिक समितबाट प्रदान गरिने सेवासुविधाबारे जानकारी दिदै न्यायिक समितिका सदस्य भगवता खड्काले समाजमा भएका हिंसा तथा घटना सम्वन्धित निकायमा जानकारी दिन सहभागिलाई आग्रह गर्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रम वस्ती स्तरमा गर्दै जाने कार्ययोजना बनाइएको छ ।

 

कार्यक्रममा प्यूठान नगरपालिका वडा नं २ का जनप्रतिनिधि, नगरपालिका न्यायिक समितिका पदाधिकारी, न्यायिक इकाइका पदाधिकारी, प्रहरी विटका प्रहरी र स्थानियको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *