प्यूठान, २७ पुस । जवरजस्ती करणीको आरोपमा प्यूठानमा एक युवा पक्राउ परेका छन् ।
१२ वर्षिय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्यूठान प्रहरीले पक्राउ गरेको हो । प्यूठान नगरपालिका–२ का ३४ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो।
घटना बारे शनिवार बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिईन् । आरोपि युवालाई ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
