> राष्ट्रिय > शनिबार पनि स्वास्थ्य संस्था खुल्ने


शनिबार पनि स्वास्थ्य संस्था खुल्ने

प्यूठान, १४ चैत ।
नोबेल कोरोना (कोभिड १९) संक्रमणको जोखिमबाट बच्न र सावधानी अपनाउन सरकारले लकडाउन गरेका बेला जिल्लाका स्वास्थ्य संस्था शनिबार पनि खुल्ने भएका छन् । नियमित जस्तै शनिबार पनि कार्यालय समयअवधिमा स्वास्थ्य संस्था सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
जिल्लाका सवै स्थानीय तहलाई स्वास्थ्य संस्था सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा सवै क्षेत्र सजग र सक्रिय हुनुपर्नेछ, उहाँले भन्नुभयो, स्वास्थ्य झन संवेदनशिल क्षेत्र भएकाले शनिबार पनि सञ्चालन हुँदैछ ।
पिपिईको अभाव
जिल्लामा स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्रीको अभाव रहेको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार एकदमै कम मात्रामा व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध रहेको छ ।
स्वास्थ्य मन्त्रालयमा माग गरेका छौं, उहाँले भन्नुभयो, स्थानीय तह, प्रदेशबाट पनि पहल भैरहेको छ । स्थानीय स्तरमा पनि केहि सिलाउने काम भइरहेको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!