> समाज > प्यूठानमा थप ३६ जनाको आरडिटि रिपोर्ट पोजेटिभ


प्यूठानमा थप ३६ जनाको आरडिटि रिपोर्ट पोजेटिभ

प्यूठान, २० जेठ । प्यूठानमा थप ३६ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको छ ।

मंगलवार जिल्लाको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडिटि परिक्षणका क्रममा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका फोकल परसन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार गरिएको परिक्षणमा प्यूठान नगरपालिकामा ९ जना, गौमुखी गाँउपालिमा १०, नौवहिनि गाँउपालिकामा २ जना, मल्लरानी गाँउपालिकामा १ जना, ऐरावति गाँपालिकामा १० जना, माण्डबी गाँउपालिकामा ४ जना गरि एकैदिनमा ३६ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनिहरुको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!