प्यूठान । एसईई परीक्षाको नतिजामा जिल्लामा नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छ्न ।
शुक्रवार साझ सार्बजनिक २०८१ सालको परीक्षाको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ ।
गत वर्ष १२.२७ प्रतिशत नतिजा थियो ।
परीक्षामा नियमित तर्फ ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६ जना, प्राविधिक धारतर्फ ग्रेडवृद्धि १९ जना र २०७८/०७९ का २० जना ब्याज विद्यार्थी सहभागी थिए ।
