प्यूठान, ८ असार । प्यूठान नगरपालिकाका कोरोना संक्रमितको संख्या ५५ जना पुष्टी भइसकेपछि नगरपालिकाले कार्यालयको सेवा हाललाई बन्द गर्ने निर्णय गरेको छ ।
सात दिनका लागि कार्यालय शिल गरि अत्यावश्यक सेवा बाहेक काम काज बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरि साँपडाँडा स्वास्थ्य चौकी, ३ नम्वर वडाको सेपुंग र २ नम्वर वडाको रिची बस्ती शिल गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरप्रमुख अर्जुन कुमार कक्षपतिले प्रेस विज्ञप्ती जारी गरि सेवा निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।