प्यूठान । बाँके दुर्घटनामा मृत्यु भएका थप ६ जनाको पनि सनाखत भएको छ ।
पछिल्लो पटक सनाखत हुनेमा रोल्पा थवाङ ३ निवासी भिबहादुर विक, रोल्पा रुन्चेगढि ६ निवासी मोहनचन्द्र विक, रोल्पा थवाङ ३ निवासी नरेन्द्र विक, ठेगाना नखुलेका तिमबहादुर ओली, देउविर विक र बुद्धिराम विक रहेका छन् ।
मृत्यु भएका मध्ये ६ जनाको सनाखत यसअघि नै भइसकेको थियो । यस्तै बाँके दुर्घटनाका २१ घाइतेको पनि यसअघि नै सनाखत भइसकेको थियो ।
आइतबार राती बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जङ्गलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २१ घाइते भएका थिए ।
