> राष्ट्रिय > बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु


बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु

प्यूठान । बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

बाँकेवाट सल्यान जादै गरेको गाडि बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमा मृत्यु भएको हो भने १ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । यस्तै घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

भारतबाट मजदुरी गरेर फर्किएकाहरुलाइ लिएर सल्यानका लागि हिडेकोे ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!