प्युठान । दुई बाली धान खेती गरेर चैते धानको उत्पादन बढाउने कृषकलाई सम्मान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीको उत्पादन बढाउने र उत्पादन बढाउन योगदान पुर्याउने कृषकलाई धान दिवशको अवसरमा सम्मान गरिएको हो ।
प्युठान नगरपालिका-२ का सर्मिला रावत, ऐरावती गाउँपालिका-५ का विर बहादुर के.सी., प्युठान नगरपालिका-८ का सिमा पण्डित र प्युठान नगरपालिका-२ का भुवन के.सी.लाई नगद, प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको हो ।
