प्यूठान । बाँके दुर्घटनामा मृत्यु भएका १२ जना मध्ये ६ जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा गाडी चालक साबिकको बराहा गाबिस ३ दैलेखनिवासी दानबहादुर खड्का, सहचालक सुर्खेत लाटिकोइली निवासी पवन भण्डारी, राजपुर ६ दाङ निवासी रामकुमार पुन, ठेगाना नखुलेका पुर्ण बहादुर पुन, सीता पुन र रितेश कार्की रहेका छन् । भने अझै मृतक ६ जनाको सनाखत हुन सकेको छैन ।
आइतबार राती बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जङ्गलमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।
