झिमरुक । झिमरुक गाउँपालिकाले लगातारको वर्षाको कारण अवरुद्ध सडक खुलाउने कामलाई तिब्रता दिएको छ । पालिकाका ८ वटै वडामा पहिरो पन्छाउने कामलाई प्राथमिकता दिएर काम भैरहेको पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभएको छ ।
प्राबिधिक सहित टोली आज झिमरुक-६,का विभिन्न सडक खण्डमा भैरहेको कामको स्थलगत अबलोकन गरिएको थियो । काम तीब्र रुपमा सकेर छिटोभन्दा भुक्तानी लिन समेत उपभोक्त समितीका अध्यक्षलाई सुझाव दिनुभएको छ ।
काम गर्दा प्राविधिकको इस्टिमेट अनुसार गर्नुपर्ने हुन्छ । उहाँले भन्नू भयो,’प्राविधिक इस्टिमेट अनुसार काम नभए भुक्तानीमा समस्या हुने भएकाले यस तर्फ सजक भएर कार्य गर्नुपर्ने बताउनु भएको छ ।