> राष्ट्रिय > कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्लामा संक्रमित भेटिए


कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्लामा संक्रमित भेटिए

प्यूठान, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको प्रेस व्रिफिंग अनुसार कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म ३६ जिल्लाका संक्रमित भेटिएका छन् ।

आज थप २७ जना कोरोना संक्रमित भेटिएका हुन् । झापामा ९, मोरंगमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाण्डौमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लमजुंगमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना संक्रमित पुष्टी भएको हो ।
संक्रमित हुनेमा पुरुष ३४० जना र ६२ जना महिला रहेका छन् ।

संक्रमितको प्रादेशिक विवरण ः
प्रदेश नं. १ मा ५४
प्रदेश नं. २ मा १३६
बाग्मती प्रदेशमा २७
गण्डकी प्रदेशमा ४
प्रदेश नं. ५ मा १७६
कर्णाली प्रदेशमा १
सुदुरपश्चिम प्रदेशमा ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!