> सम-सामायिक > अपडेड : आरडीटी पोजेटिभ देखिएका व्यक्ति म्याग्दी र काठमाण्डौबाट आएका


अपडेड : आरडीटी पोजेटिभ देखिएका व्यक्ति म्याग्दी र काठमाण्डौबाट आएका

प्यूठान, २७ बैशाख । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा पोजेटिभ देखिएका प्यूठानका दुई व्यक्ति काठमाण्डौ र म्याग्दीबाट आएको पाइएको छ ।

आरडीटीमा पोजेटिभ देखिएपनि संक्रमण भए÷नभएको प्रयोगशालामा परीक्षण गरेपछि पुष्टी हुने चिकित्सकले बताएका छन् ।

आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई झिमरुक खेलमैदान स्थित क्वारेन्टाइनमा छुट्टै राखिएको छ । उनीहरुको स्वाव संकलन गरि बुटवल पठाइने र १÷२ दिन भित्र नतिजा आउनेछ । आरडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्छ । प्यूठान नगरपालिका–२ का वडा अध्यक्ष मुक्ति पोख्रेलका अनुसार पोजेटिभ देखिएका व्यक्ति नगरपालिका १ र २ निवासी हुन् ।

आरडीटीमा पोजेटिभ देखिएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको वडाअध्यक्ष पोख्रेलले बताउनुभयो । प्रयोगशालाको थप नजितापछि मात्र संक्रमण भए नभएको थाहा हुन्छ, उहाँले भन्नुभयो, आत्तिहाल्नुपर्ने र घटनालाई अतिरक्तित बनाउन हुँदैन ।

यो पनि पढ्नुहोस्

प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!