> राजनीति > आफ्नो गाउँ आफै बनाउन लाग्नुस् : अध्यक्ष ओलि


आफ्नो गाउँ आफै बनाउन लाग्नुस् : अध्यक्ष ओलि

प्युठान । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गाउँ आफै बनाउन लाग्नुपर्ने बताउनुभएको छ । नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कृषि क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले कृषि क्षेत्रको विकास गरि आर्थिक विकास गर्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता ओलीले हाल देशको आर्थिक अवस्था कमजोर बनेको उल्लेख गर्दै गाउँ तथा समग्र देशको विकासका निम्ती आफै लाग्नुपर्ने बताउनुभएको हो । अरुको आलोचना गरेर मात्र बसेर देश नबन्ने भन्दै देश बनाउन आफै लाग्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

 

 

नेकपा एमालेले देश विकासका निम्ती थुप्रै काम गरेको उहाँले दावी गर्नुभयो । उहाँले ३ वर्ष एमालेले सरकार चलाउँदा मुलुकमा पूर्ननिर्माणको कामदेखि अस्पताल, स्थानीय तहका भवन, सरकारी भवन, कृषि शिक्षा, स्वास्थ्य, सूचना प्रविधिको विकासमा फड्को मारेको बताउनुभयो । ‘नेकपा एमालेको सरकारले विगतमा गरेको कामबारे यहाँहरुलाई थाहा नै छ,’ अध्यक्ष ओलीले भन्नुभयो,‘नेकपा एमालेको सरकारले थुप्रै विकासको काम अघि बढाएको थियो ।’

 

 

अध्यक्ष ओलिले नेपाली जनताले विकास र शान्ति चाहेको भन्दै त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । सुखी नेपाली, समृद्ध नेपालको अभियान पुरा गर्न आफ्नो ठाउँ आफै बनाउनु पर्ने अध्यक्ष ओलीको भनाई छ । उहाँले नयाँ बनेको भवनबाट छिटो छरितो सेवा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । गाउँगाउँमा पनि विकासले गति लिएको भन्दै उत्पादनमुकल क्षेत्रमा लाग्नुपर्ने अहिलेको आवश्यकता भएको अध्यक्ष ओलिको भनाई छ ।

 

 

अध्यक्ष ओलीले स्वर्गद्धारी आश्रमको दर्शन समेत गर्नुभएको थियो । उहाँले नेकपा एमाले प्यूठानले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा समेत सम्वोधन गदै स्वर्गद्धारी सहित समग्र जिल्लाको विकासमा आफ्नो भूमिका रहने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *