प्युठान । माण्डवी गाउँपालिका जस्पुरमा नेपाल टेलिकमको फाईबर नेट सेवा बिस्तार भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको एफटिएचएच सेवाको उद्घाटन गर्नुभएको हो ।
उदघाटनमा प्रमुख अतिथि मन्त्री शर्माले गुणस्तरीय सेवाका निम्ति नेपाल टेलिकम लाग्नु पर्ने बताउदै सेवा नपुगेको ठाउँमा सेबा बिस्तारमा लाग्नुपर्ने समेत बताउनुभयो । मन्त्री शर्माले प्युठान जिल्लाको बिकास निर्माणका लागि आफू लाग्ने र पहल गर्ने समेत बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसनले) टेलिफोन सेबा जनताको सेबाको निम्ति केन्द्रिय हुन पर्ने बताउदै निरन्तर जनताले प्रयोगमा पाउनु पर्ने बताउनुभयो ।
नेपाल टेलिकमका प्रबन्धक शिव खनालले सन्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता नेपाल टेलिकम लुम्बिनी प्रदेश निर्देशक शैलेस वहादुर अमात्यले गर्नुभएको थियो ।

कार्यक्रममा वायरलेस सेबा निर्देशक मिनु प्रधान,व्याकवोन प्रसारण निर्देशक विनिता श्रेष्ठ,जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष अधिकारीले मन्त्री शर्मा सहितका अतिथिहरुलाइ मायाको चिन्ह समेत हस्तान्तरण गर्नुभएको थियोे ।












