प्यूठान । महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय श्रेष्ठ परिवारले स्वर्गिय पितृहरुको सम्झनामा परिवारका तर्फबाट रु.१ लाख २१ हजार १ सय ११ रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।
स्वर्गीय बुवा मोहनलाल श्रेष्ठको सम्झनामा बासुप्रसाद श्रेष्ठ र स्वर्गीय श्रीमान् सनत प्रसाद श्रेष्ठको स्मृतिमा श्रीमती सम्झना श्रेष्ठले परिवारको तर्फबाट अक्षयकोष स्थापना गर्नुभएको हो ।
आमा रुकमणि श्रेष्ठको चौरासी पुजाको अवसर पारेर अक्षयकोष स्थापना गरिएको बासुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अक्षयकोषबाट प्राप्त व्याजबाट असाहय, अनाथ, जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको बार्षिक उत्सावको अवसरमा छात्रबृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।