राष्ट्रियसमाज

गाउघरमा रहेका अपांगताको पक्षमा काम गर्नुस

प्यूठान । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले जिल्लाका दुरदराज क्षेत्रमा रहेका अपांगताहरुको पक्षमा काम गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १६ औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशनको उद्घाटन शत्रमा प्रमुख अतिथी जिसीले संस्थाले गरेको हालसम्मको गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा जिल्लाका सवै अपांगता भएका व्यक्तिलाई समेट्दै अघि बढ्द आग्रह गर्नुभएको हो ।

अपांगता भएका व्यक्ति आफ्नै परिश्रम र मिहिनतले अघि बढेको भन्दै उनीहरुलाई राज्यबाट थप सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका स्थानीय तह, प्रदेस र केन्द्र सरकारसँग समन्वय गरेर अपांगताको क्षेत्रमा सहयोग गर्न आफूले पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

 

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष एवं संस्थाका संस्थापक संरक्षक कृष्ण बहादुर खड्काले संस्थाले विगतमा धेरै दुःख गरेको स्मरण गर्दै अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । संस्थागत विकाससँगै अपांगता भएका व्यक्तिको जीवन सहज बनाउन संस्थाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो । संस्था र अपांगता भएका व्यक्तिको सहयोगका लागि आफू प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत मेघराज सोनी, संघका पूर्व अध्यक्ष विकास नेपाली, प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनाल, महेन्द्र माविका प्रधानाध्यापक पिताम्बर पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघले शारिरीक अपांगता भएका बालबालिकाको लागि सञ्चालन गरेको आवास गृहलाई सहयोग गर्ने प्यूठान उद्योग वाणिज्य संघ र मल्लरानी गाउँपालिका ४ निवासी गोपाल प्रसाद नकर्मीलाई सम्मान गरिएको छ ।

 


अध्यक्ष जुमानसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति प्रतिवेदन महासचिव रमेश केसीले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष हुनाराम खड्काले स्वागत र सञ्चालन सदस्य राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।

Related Articles

Back to top button