प्यूठान, ३० साउन । झिमरुक नदिको किनारमा फेला परेको शवमा सनाखत भएको छ । प्यूठान नगरपालिका ४ स्थित झिमरुक नदिमा गत विहिवार बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको थियो ।
उक्त शव रोल्पा लुङग्री गाउँपालिका ६ का ६० वर्षिय वेगराम बुढाथोकी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मृतकको शनाखत निजको छोरा मन बहादुर वढाथोकीले गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
मृतक प्यूठान नौवहिनि गाउँपालिका ६ बहानेमा विगत ५/६ वर्षदेखि ज्याला मजदुरी गर्दै आइरहेको खुलेको छ ।
