समाजराष्ट्रिय

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्यूठान, १२ मंसिर । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

गुल्मीको इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका–४ को हुल भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका छन् । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

Related Articles

Back to top button