समाज

एभरग्रीन बोर्डिङ प्यूठानको ‘एनुअल स्पोर्टस् मिट’ शुरु, प्रदेश सांसद श्रेष्ठद्धारा उद्घाटन

प्यूठान । एभरग्रीन इङ्गलिस बोर्डिङ स्कुल प्यूठान नगरपालिका–४ टारी प्यूठानले तीन दिने विविध खेलकुद प्रतियोगिता शुरु गरेको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्दश्यले ‘एनुअल स्पोर्टस् मिट २०८२’ नाम दिएर प्रतियोगिता शुरु गरेको हो ।

 

प्रतियोगिताको एक समारोहका वीच लुम्बिनी प्रदेश सभा सदस्य सांसद धनलक्ष्मी श्रेष्ठले उद्घाटन गर्नुभयो । शुभकामना मन्तव्य राख्दै उहाँले मर्यादित र अनुशासित भई खेल प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

 

न्यून पारिश्रमिकमा समेत राम्रो नतिजा ल्याउनका लागि नीजिमा कार्यरत शिक्षकहरुको मेहनत प्रशंसा योग्य रहेको उहाँले उल्लेख गर्नुभयो । ‘न्यून पारिश्रमिकमा यहाँहरुले गर्नुभएको मेहनत प्रशंसा योग्य छ ।’ ,उहाँले भन्नुभयो, ‘उदाहरणीय बन्नुभएको छ, प्रेरणाको श्रोत हुनुहुन्छ, अझै मेहनत गर्नुहोला ।’ नीजि विद्यालयमा जस्तै सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले मेहनत गर्न सकेमा नतिजा राम्रो ल्याउन सकिने भन्दै उहाँले सकारात्मक विषयको प्रोत्साहन र सिको सबैले गर्नुपर्नेमा जोड थियो ।

 

विद्यार्थीलाई स्वस्थ राख्नका लागि बिद्यालयको बार्षिक कार्यक्रम अनुसार खेलकुद प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सीपल सञ्जय सिंह गुरुङले बताउनुभयो । ‘स्वस्थ विद्यार्थीको पढाई पनि सुधार हुन्छ ।’ ,उहाँले भन्नभुयो, ‘विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापमा महत्व दिने गरेका छौ ।’ अतिरिक्त क्रियाकलापले अध्ययनसँगै खेलकुद क्षेत्रमा समेत विद्यार्थीले विकास गर्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

 

प्रतियोगिताको उद्घाटनका अवसरमा प्यूठान नगरपालिका वडा नं. ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता सुमनराज श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष रेशम कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो । शिक्षिका लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सहायक प्रिन्सीपल सञ्जय सुवेदीले गर्नुभएको थियो ।

 

उद्घाटनको अवसरमा विद्यार्थीले नृत्य र मार्च पास प्रस्तुत गरेका थिए भने कक्षा ७ का विद्यार्थी सोनु जिएमले मसाल बालेर प्रतियोगिताको शुभारम्भ गरिएको थियो ।

तस्बिर : बिजयसिंह भारती

विद्यालय परिसर
रङ्गहरुको संयोजनमा लेखिएको कार्यक्रमको नाम
बिद्यार्थीहरु
बिद्यार्थीहरु
उद्घाटनको अवसरमा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु
उद्घाटनको अवसरमा मार्च पास प्रस्तुत गर्दै विद्यार्थीहरु
मसाल बालेर खेलकुदको शुभारम्भ गर्दै
उद्घाटन समारोह पछिको सामुहिक तस्बिर

 

Related Articles

Back to top button